१९औँ एसियाली खेलकुद : महिला फुुटबलमा नेपाल बङ्लादेशसित खेल्दै
११ असोज, हाङझाउ (चीन) । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत महिला फुटबलतर्फ अहिले नेपाल र बङ्लादेशबीच खेल भइरहेको छ । समूह ‘डी’मा रहेका दुवै टालीले आफ्नो अन्तिम खेल खेलिरहेका छन् । नेपाल र बङ्लादेश यसअघि खेलेका आफ्ना दुवै खेलमा पराजित भइसकेका छन् । वानझाउ ओलम्पिक स्पोर्ट्स सेन्टरमा १ : ४५ बजे सुरु भएको हो ।
नेपाल समूह चरणको पहिलो खेलमा भियतनामसित २–० गोलअन्तरले तथा दोस्रो खेलमा जापानसित ८–० गोलअन्तरले पराजित भएको थियो । यस्तै बङ्लादेश पनि पहिलो खेलमा जापानसित ८–० गोलअन्तरले तथा भियतनामसँग ६–१ गोलअन्तरले पराजित भएको थियो ।
प्रकाशित मिति : ११ आश्विन २०८०, बिहीबार १५:०५