मधेस प्रदेश : पैगम्बर मोहम्मदको जन्मदिनमा भोलि सार्वजनिक बिदा
१० असोज, जनकपुर । मधेस प्रदेश सरकारले मुस्लिम धर्मावलम्बीको पर्व पैगम्बर मोहम्मदको जन्मदिनका अवसरमा सार्वजनिक बिदा दिने भएको छ । प्रदेशको गृह सञ्चार तथा कानून मन्त्रालयका निमित्त सचिव उत्तमप्रसाद खरेललले आज एक सूचना जारी गरी मुस्लिम समुदायको विशेष पर्व पैगम्बर मोहम्मदको जन्मदिनका अवसरमा भोलि असोज ११ गते सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिए ।
प्रकाशित मिति : September 27, 2023 at 6:59 pm









