१४ कार्तिक २०८१, बुधबार | Wed Oct 30 2024

नेप्सेमा एक कम्पनीकाे सेयर सूचिकृत, ओपनिङ रेन्ज कति ?

१० असाेज, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सिटिजन लाइफ इन्स्योरेन्सको सेयर सूचिकृत भएको छ । बुधबार  नेप्सेमा कम्पनीको ३ करोड ७५ लाख कित्ता सेयर सूचिकृत भएको हो । नेप्सेले यो कम्पनीलाई ‘सीएलआई’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि नेप्सेले यो कम्पनीलाई प्रतिकित्ता न्यूनतम १७२.४३ रुपैयाँ र अधिकतममा ५१७.२९ रुपैयाँ ओपनिङ रेन्ज पाएको छ।

कुनै पनि कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउँछ। तर, भोलि बिहीबार इन्द्रजात्राको सार्वजनिक बिदा र पर्सि शुक्रबार परेकोले यो कम्पनीको सेयर आइतबारबाट कारोबारमा आउने भएको हो।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार १५:५५