२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

चार जना राजदूतद्वारा शपथ ग्रहण

१० असाेज, काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले चार जना राजदूतहरूलाई शपथ ग्रहण गराएका छन् । नवनियुक्त राजदूतहरूले राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा आयोजित एक समारोहबिच राजदूत पदको, पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

फ्रान्सका लागि सुधीर भट्टराई, संयुक्त अरब एमिरेट्सका लागि तेजबहादुर क्षेत्री, कुवेतका लागि घनश्याम लम्साल र स्वीटजरल्याण्डका लागि रामप्रसाद सुवेदीले शपथ ग्रहण गरेका हुन् । उक्त अवसरमा माननीय कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङलगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार १३:०७