मिड सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँड आज, सेयर पाउन भाग्यकै भर !
१० असाेज, काठमाडाैं । मिड सोलु हाइड्रोपावर लिमिटेडको आईपीओ आज असोज १० गते बुधबार बाँडफाँड हुने भएकाे छ । कम्पनीले भदौ २९ गतेदेखि असोज २ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेकाे आईपीओ आज साँझ ५ बजे बिजुलीबजारस्थित कार्निभल रेस्ट्रोमा बाँडफाँड हुने धितोपत्र बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलले जनाएकाे छ ।
कम्पनीले सर्वसाधारणका लागि १०० अंकित दरमा ६ करोड २१ लाख १७ हजार २०० रुपैयाँ बराबरको कुल ६ लाख २१ हजार १७२ कित्ता आईपीओ निष्कासन गर्न गरेको थियो। सीडीएससीका अनुसार कम्पनीकाे आईपीओमा अन्तिम दिनसम्म १३ लाख ५४ हजार ८४६ आवेदकले कुल १ करोड ५१ लाख २२ हजार २५० कित्ता सेयर माग गरेका थिए। जुन मागभन्दा २४.३४ गुणाले बढी हो।
मागभन्दा बढी आवेदन परेका कारण यो कम्पनीकाे आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड गरिनेछ। गोलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी ६२ हजार ११७ आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन् भने तिनै आवेदकमध्ये २ जनाले थप १–१ कित्ता सेयर पाउनेछन्। बाँकी १२ लाख ९२ हजार ७२८ जनाको हात खाली हुनेछ ।
प्रकाशित मिति : September 27, 2023 at 10:23 am









