१ असार २०८३, सोमबार | Mon Jun 15 2026

मानवअधिकार परिषद्मा सामेल हुने रुसको प्रयास

९ असोज, जेनेभा । रुसले संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को निर्वाचनमा पुनः सामेल हुने प्रयास थालेको छ । रुसी सेनाले युक्रेनमा आक्रमण गरेपछि मस्कोलाई गत अप्रिलमा परिषद्बाट निष्कासन गरिएको थियो । रुसले राष्ट्रसङ्घका सदस्य देशका राजदूतहरूलाई आगामी महिना हुने निर्वाचनमा सहयोगका निम्ति अनुरोध गर्दै पत्राचार गरेको छ । एपीले पढेको उक्त पत्रमा मस्कोले मानव अधिकारका मुद्दामा समाधान खोज्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

साथै मस्कोले परिषद्लाई कुनै एक अमुक समूहको राजनीतिक स्वार्थ पूरा गर्ने उपकरण बन्न खोजेको आरोप लगाउँदै त्यसो हुन नदिन रुसलाई पुनः निर्वाचित गर्नुपर्ने तर्क पत्रमा गरिएको छ । नाम नलिइ रुसले परिषद्लाई पश्चिमा मुलुकले आफ्नो इच्छानुसार प्रयोग गर्न खोजेको आरोप लगाएको छ । जेनेभास्थित कूटनीतिज्ञहरूले रुसले गम्भीर मानव अधिकार उल्लङ्घन गरेको तथा अन्तरराष्ट्रिय फौजदारी अदालतले नेता भ्लादिमिर पुटिनलाई पक्राउ गर्ने आदेश दिएको सन्दर्भमा अन्तरराष्ट्रिय रुपमा गुमेको रुसको गरिमा पुनःस्थापना हुने सम्भावना नरहेको बताएका छन् ।

प्रकाशित मिति : September 26, 2023 at 5:17 pm