१२ पुष २०८२, शनिबार | Sat Dec 27 2025

१८.४५ अकंले बढ्यो नेप्से, तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

९ असाेज, काठमाडाैं । साताकाे तेस्राे काराेबारकाे दिन मंगलबार सेयर बजारमा हरियाली छाएकाे छ । दुई दिन ओरालो लागेकाे बजार  आज भने दोहोरो अकंले बढेको छ  । नेपाल स्टक एक्सन्च (नेप्से) आज १८.४५ अकंले बढेर २०२२.९१ बिन्दुमा बन्द भएको छ । मंगलबार २८६ कम्पनीको ८७ लाख ४ हजार ४७७ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ९ करोड ३८ लाख ९ हजार रुपैयाँको कारोबार भएको छ ।

आज तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज मेन्छियाम् हाइड्रोपावर, मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर र मोलुङ हाइड्रोपावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागको हाे ।

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलवार १५:१७