२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

दसैं लक्षित नयाँ नोट वितरण गर्ने राष्ट्र बैंकको तयारी, एकजनाले १८ हजार ५ सयसम्म साट्न पाउने

९ असाेज, काठमाडाैं । हरेक वर्ष जस्तै यस वर्ष पनि नेपाल राष्ट्र बैंकले दसैं लक्षित नयाँ नोट वितरण गर्ने भएको छ । विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि केन्द्रिय बैंकले प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँको दरले नयाँ नोट वितरण गर्ने तयारी गरेको छ ।

केन्द्रिय बैंकले बैंक तथा वित्तीय संस्थाबाट नै नोट साट्न सकिने गरी व्यवस्था गर्ने भएको छ। यस्तै केन्द्रिय बैंक र प्रादेशिक कार्यलयहरुबाट समेत सटही सुविधा उपलब्ध गराउने छ।  हाल नयाँ नोट कति आवश्यक पर्ने हो भनेर राष्ट्र बैंकका प्रादेशिक कार्यालय र नोट कोष सुविधा लिएका बैंकहरुबाट विवरण संकलन भइरहेको छ ।

राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० दरका एक एक बण्डल नोट सटहीको सुविधा उपलब्ध गराउने छ। घटस्थापनादेखि नयाँ नोट सटही सुविधा सुरु गर्ने राष्ट्र बैंकको तयारी रहेकाे छ ।

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलवार १२:२४