२१ आश्विन २०८३, बुधबार | Wed Oct 7 2026

राष्ट्रपति संस्थाको गरिमा अभिवृद्धि गर्नुपर्छ : महामन्त्री शर्मा

८ असोज, पाटन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गणतन्त्र बलियो बन्नका लागि राष्ट्रपति संस्थाको गरिमा अभिवृद्धि गर्नुपर्ने बताए । नेपाली कांग्रेस केन्द्रीय समितिमा धारणा राख्ने क्रममा महामन्त्री शर्माले भने, “गणतन्त्र बलियो बन्नका लागि थुप्रै राम्रा कर्महरू चाहिन्छ । त्यसका लागि राष्ट्रपति संस्थाको गरिमा अभिवृद्धि गर्नु पनि अनिवार्य र महत्त्वपूर्ण कार्य छ ।

bishwa prakash sharma

आममाफी दिने गरी सरकारले गरेको पछिल्लो निर्णयले राष्ट्रपतिलाई आलोचित बनाएको छ, सरकारले गरेको कामले राष्ट्रपति संस्थालाई आलोचित बनाउँदा मानिसमा वितृष्णा बढ्छ ।” पार्टीका नेताको कार्यशैलीलाई बदल्दै समाजको वितृष्णालाई सम्बोधन गर्नुपर्नेमा जोड दिँदै उहाँले समुदायको सद्भावलाई अझै खँदिलो बनाउनुपर्नेमा जोड दिए । बैठकबाट हुने निर्णय सबैको स्वामित्वबोधका साथ जाने गरी हुने विश्वास व्यक्त गर्दै महामन्त्री शर्माले व्यवस्थामा सुधार गर्नुपर्ने धारणा राखेका छन् ।

प्रकाशित मिति : September 25, 2023 at 7:36 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/