१७ आश्विन २०८१, बिहीबार | Fri Oct 4 2024

लोकप्रिय कवि नवराज पराजुलीले एडिलेडमा आउदै

अष्ट्रेलिया । युवा चर्चित कवि नवराज पराजुली सेप्टेम्वर ३०मा  एडिलेड आउने भएका छन् ।

एमआरपी इभेन्टको आयोजनामा हुने कविता फ्रेसचुल्हो  रेष्टुरेन्टको सभा हलमा हुने  इभेन्टका निर्देशक प्रकाश गैर्हेले बताए ।

कविताको प्रस्तुति शैली समेतले पछिल्लो समय पराजुली युवा पुस्ता विच चर्चित छन् । ब्रान्डेड कविको छवि बनाए उनको माग साहित्यिक कार्यक्रम बाहेकमा समेत उनको माग बढ्दो रहेको छ । झापामा जन्मेका उनले सगरमाथा गहिराई नामक कृतिलाई २०१७मा पद्म श्री पुरस्कार प्राप्त गरेका थिए । उक्त कृति मदन पुरस्कारका लागि समेत मनोनयमा परेको थियो ।

अष्ट्रेलिया यात्रामा रहेका पराजुली यस अधि अगष्ट १७ पर्थ, सेप्टेम्वर ३ मेलवर्न, सेप्टेम्वर १५ क्यानवेरा, सेप्टेम्वर १७ सिड्नीमा भव्य कार्यक्रम सम्पन्न गरिसकेका छन् । उनको एडिलेडको कार्यक्रम यो यात्राको अन्तिम कार्यक्रम हो ।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार १४:३१