२६ जेष्ठ २०८३, मंगलबार | Tue Jun 9 2026

एभरेष्ट बैंकले बोलायो साधारणसभा, कहिलेसम्म कायम सेयरयधनीले पाउछन् लाभांश ?

८ असोज, काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले वार्षिक साधारणसभा बोलाएको छ । बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले आफ्नो २९ औँ वार्षिक साधारणसभा बोलाएको हो । सभा असोज ३० गते काठमाडौंको लैनचौरस्थित लैनचौर ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०७९/८०का लागि प्रस्तावित चुक्तापुँजीको १० प्रतिशत बोनस सेयर र १०.५३ प्रतिशत नगद लाभांश (करसहित) गरी कुल २०.५३ प्रतिशत लाभांश अनुमोदन गर्नेछ।

साथै, सभाले प्रस्तावित बोनस सेयर जारी भएपश्चात पुँजीवृद्धि हुने भएकोले सोहीबमोजिम संशोधन गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ। गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गरी पारित गर्ने, चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ती गर्ने र संस्थापक समूहबाट सञ्चालक समितिमा नियुक्त भएका सञ्चालकको नियुक्ती अनुमोदन गर्नेछ।

लाभांश र साधारण सभा प्रयोजनका लागि बैंकले असोज १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असोज १५ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरुले मात्रै यो बैंकको लाभांश पाउन र सभामा सहभागि हुन सक्नेछन् ।

प्रकाशित मिति : September 25, 2023 at 10:01 am