२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

बालाजुको कुमारीस्थान टोल सुधार समिति अब आफ्नै भवनमा

६ असोज, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नम्बर १६ मा रहेको बालाजुको कुमारीस्थान टोल सुधार समिति अब आफ्नै भवनमा सरेको छ । शनिबार समितिको नवर्निमित भवनको बागमती प्रदेशका पूर्वमन्त्री समेत रहेका सो क्षेत्रका प्रदेशसभा सदस्य बसन्त मानन्धरले उद्घाटन गरे ।

काठमाडौँ वडा नम्बर १६ का वडा अध्यक्ष स्वर्गीय मुकुन्द रिजालसहित स्वर्गीय भएका समितिका केही सदस्यको सम्झनामा माैनधारण गर्दै प्रमुख अतिथि बागमती प्रदेशका पूर्वमन्त्री समेत रहेका सो क्षेत्रका प्रदेशसभा सदस्य बसन्त मानन्धरसहित ।

मानन्धरकै पहलमा प्रदेश सरकार मार्फत ४३ लाख रूपैयाँ र जनसहभागिता १९ लाख रूपैयाँ गरी कुल ६३ लाख ९८ हजार रूपैयाँमा निर्माण गरिएको भवनको उद्घाटन एक भव्य समारोहकै बीचमा भयो । उक्तो भवनको उद्घाटन पश्चात मन्तव्य राख्दै पूर्वमन्त्री मानन्धरले कुमारीस्थान टोल सुधार समितिले नमुना काम गरेको बताए ।

रिवन काटेर भवनको उद्घाटन गरेपछि सोही भवनको छतमा रहेको राष्ट्रिय झण्डा झण्डोतलन गरेपछि सामूहिक तस्बिर खिचाउँदै प्रमुख अतिथि बागमती प्रदेशका पूर्वमन्त्री समेत रहेका सो क्षेत्रका प्रदेशसभा सदस्य बसन्त मानन्धर, समितिका अध्यक्ष गोकर्णराज पाठक लगायत ।

पूर्वमन्त्री मानन्धरले समितिले गरेको काम राम्रो र नमुना भए पनि अझै राम्रो काम गर्दै जानुपर्ने बताए । उनले आफ्नो समूदायमा कोही बालबालिका विपन्नताका कारण पढ्नका लागि विद्यालय जान नसक्ने परिस्थिति रहेको भए त्यसको पहिचान गर्न समितिलाई आग्रह गरे । उनले त्यस्ता विद्यार्थी पहिचान भए स्थानीय विद्यालयहरूमै छात्रबृत्तिको व्यवस्था गरी उनीहरूका लागि पढ्ने व्यवस्था मिलाउन सकिने र आफूले पनि सहयोगी भूमिका खेल्ने बताए ।

भवनको उद्घाटनपछि भवनको गेटमा सामूहिक तस्बिर खिचाउँदै प्रमुख अतिथि बागमती प्रदेशका पूर्वमन्त्री समेत रहेका सो क्षेत्रका प्रदेशसभा सदस्य बसन्त मानन्धर, समितिका अध्यक्ष गोकर्णराज पाठक लगायत ।

सो अवसरमा अवसरमा समितिको सदस्य समेत रहेकी संविधानसभा सदस्य राज्यलक्ष्मी श्रेष्ठले कार्यक्रममा उपस्थिति भएका अतिथिका लागि स्वागत मन्तव्य राखेकी थिइन । सो अवसरमा काठमाडौँ महानगरपालिका वडा नम्बर १६ का वडा सदस्य हर्क खातीले दिवंग्त वडा अध्यक्ष रिजालले जनाएका प्रतिवद्धता पूरा गर्न आफूहरू तयार रहेको बताए । उनले रिजालले अघि बढाएका सबै राम्रा काम निरन्तरता दिने बताउँदै संस्थागत रूपमा कही केही प्रतिवद्धता जनाएको र त्यो पूरा नभएको भए त्यसको कार्यान्वयनका लागि वडा कार्यालयमा निवेदनसहित आउन अनुरोध गरे ।

रिवन काटेर भवनको उद्घाटन गर्दै प्रमुख अतिथि बागमती प्रदेशका पूर्वमन्त्री समेत रहेका सो क्षेत्रका प्रदेशसभा सदस्य बसन्त मानन्धर र समितिका अध्यक्ष गोकर्णराज पाठक ।

एसियाली विकास बैंकका निर्देशक कर्णबहादुर रानाभाटले समूदायको स्तरमा आफ्नै भवनसहितको उपक्भोता समिति तयार गरेर काम गर्नु निकै महत्वपूर्ण रहेको बताए । स्थानीय नवप्रतिफल सहकारीका अध्यक्ष सुदर्शन भण्डारीले उपभोक्ता समितिको आफ्नै अत्याधुनिक भवनसहितको कार्यालय भएको थोरै मध्येमा यो समिति रहेको बताए । कुमारीस्थान महिला समूहको अध्यक्ष लगायतले पनि सो कार्यक्रममा सम्बोधन गरेका थिए ।

समारोहमा मन्तव्य राख्दै प्रमुख अतिथि बागमती प्रदेशका पूर्वमन्त्री समेत रहेका सो क्षेत्रका प्रदेशसभा सदस्य बसन्त मानन्धर ।

२०५३ सालमा स्थापना भएको समितिका वर्तमान अध्यक्ष गोकर्णराज पाठकले समूदायलाई एकतावद्ध बनाउँदै सबैको हितमा हुनेगरी उपभोक्ता समितिले काम गर्ने बताए । उनले संस्थाको वार्षिक कार्ययोजना समेत प्रस्तुत गरे । सोही कार्यक्रमबाट संस्थाको नयाँ कार्ययोजनाहरू समेत स्वीकृत गरिएको समितिका सदस्य रहेका कार्यक्रम सञ्चालक बसन्त भेटुवालले जानकारी दिए । समितिका सचिव शिवराम गौतम डेंगु संक्रमणका कारण अस्पतालमा रहनुपरेको भन्दै उनको स्वास्थ्यलाभका लागि उपस्थित सबैले कामना गरेका थिए । कार्यक्रममा दुई नौलो प्रयोग गरिएको थियो । राष्ट्रिय गान बालबालिकाले गायका थिए भने उद्घाटनमा धिमेबाजा र नौमती बाजा बजाइएको थियो ।

उद्घाटन सत्रमा धिमे बाजा प्रस्तुत गर्ने बाँसुरी समूहका सदस्यसँग पुर्वमन्त्री मानन्धर ।
कुमारीको मन्दिरमा पूजाअर्चनापछि भवन उद्घाटनका लागि प्रस्थान गर्दै संविधानसभा सदस्य राज्यलक्ष्मी पाण्डे श्रेष्ठसहितका स्थानीय ।
समारोहमा सम्बोधन गर्दै समितिका अध्यक्ष गोकर्णराज पाठक ।
कार्यक्रम सञ्चालको भूमिकामा सदस्य बसन्त भेटवाल ।
रातोपर्दा तानेर शिलालेख वाचन गर्दै पूर्वमन्त्री मानन्धर ।
भवन निर्माण लगायतका काममा सहयोग गर्नेहरूलाई सम्मान गरिएपछि सामूहिक तस्बिर खिचाउँदै प्रमुख अतिथि मानन्धरसहित समितिका पदाधिकारी र अतिथिहरू ।   

प्रकाशित मिति : ६ आश्विन २०८०, शनिबार २३:५५