२१ आश्विन २०८३, बुधबार | Wed Oct 7 2026

काजी तुलाराम पाँडेको २५५औँ स्मृति दिवस

६ असोज, काठमाडौँ । काजी तुलाराम पाँडेको २५५ औँ स्मृति दिवस मनाइएको छ । पाँडे खलकद्वारा आज हनुमनढोकामा आयोजित स्मृति दिवस समारोहमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले काजी तुलाराम पाँडेको तस्बीरमा मार्ल्यापण गर्नुका साथै तलेजु मन्दिरमा पुष्पाञ्जली अर्पण गरेका छन् । समारोहमा पूर्वराष्ट्रपति भण्डारीले २५५औँ पुण्यतिथि पारेर प्रकाशन गरिएको तुलाराम पाँडेको श्रद्धाञ्जली पुस्तिका विमोचन गरे ।

पाँडेकाजी खलकले तत्कालिन गोर्खा र कान्तिपुर(काठमाडौँ) राज्यको एकीकरणमा उनको भूमिकालाई स्मरण गरेको थियो । “विगत केही वर्षदेखि हामीले इन्द्रजात्राका दिन तुलाराम पाँडेलाई सम्झिने गरेका छौँ । उक्त दिन उहाँको तलेजु मन्दिरमा हत्या भएको थियो”, विक्रम पाँडेकाजीले भने, “कालु पाँडेका बारेमा इतिहासमा केही लेखिए पनि उहाँका भाई तुलाराम पाँडेको इतिहास गर्भमा नै विलीन भएको छ ।”

समारोहमा डा केके पाँडेकाजीले विसं १८२५ को इन्द्र जात्राको दिन भएको तुलाधार पाँडेको देहान्तबारे जानकारी दिँदै भन्नुभयो, “काठमाडौँ जीतलगत्तै मल्लको सिंहासन एकछिन नछोडी बसेका राजा पृथ्वीनारायण शाह आफू नगई सेनासहित काजी तुलारामलाई इष्टदेवी तुलजा भवानीको क्षमा आराधना गर्न पठाउनुभयो । तुलारामको तलेजु भवानीको आँखै अगाडि प्राण पखेरु उडाइयो ।” तत्कालीन गोर्खा राज्यबाट कान्तिपुर राज्यमा महावाणिज्यदूत बन्नुभएका तुलाराम पछि गोर्खाका आवासीय राजदूतसमेत बन्नुभएको थियो ।

प्रकाशित मिति : September 23, 2023 at 3:20 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/