२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

नेप्सको अध्यक्षमा माछापुच्छ्रे बैंकका नायब सीइओ विश्वम्भर न्यौपाने नियुक्त

५ भदाै, काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत विश्वम्भर न्यौपाने नेप्स (नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम) को अध्यक्ष पदमा नियुक्त भएका छन् ।

न्यौपाने अध्यक्षमा नियुक्त हुनु अघि यसै संस्थामा माछापुच्छ्रे बैंकको तर्फबाट सञ्चालकको रुपमा प्रतिनिधित्व गर्दै आएका थिए । नवनियुक्त अध्यक्ष विश्वम्भर न्यौपानेले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिना समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।

विगत १९ वर्ष देखि माछापुच्छ्रे बैंकमा आबद्ध भई हाल उनी बैंकको नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत रहनु भएको छ । साथै उनीसंग बैंकिङ्ग क्षेत्रको २५ वर्ष भन्दा लामो अनुभव रहेको छ ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार १७:००