२९ मंसिर २०८२, सोमबार | Tue Dec 16 2025

खानी खोला हाइड्रोपावरले हकप्रद निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त

५ भदाै, काठमाडौं । खानी खोला हाइड्रोपावरले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रद सेयर निष्कासनका लागि बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।

बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता पत्रमा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भरत लामिछाने थापा तथा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार सिटिजन्स क्यापिटल लिमिटेडले निकट भविष्यमा खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद सेयर निष्काशन प्रबन्धकको रुपमा काम गर्नेछ ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार १६:५४