१८ जेष्ठ २०८३, सोमबार | Mon Jun 1 2026

२४ कम्पनीले अझै पेस गरेनन् गत वर्षकाे वित्तीय विवरण, कुन-कुनले बुझाए (सूचीसहित)

३ असाेज, काठमाडाैं । नेपाल धितोपत्र बोर्ड (सेबोन) मा सूचीकृत २२७ कम्पनीमध्ये २४ वटाले अझैसम्म पनि गत आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासको वित्तीय विवरण बुझाएका छैनन् ।

धितोपत्र बोर्ड सार्वजनिक गरेको तथ्याङ्क अनुसार हालसम्म पनि वित्तीय विवरण नबुझाउने कम्पनीहरु मध्ये जलविद्युत समूहका सबैभन्दा बढी ११ वटा छन् । ३ वटा विकास बैंक, २ वटा वित्त कम्पनी, ६ वटा लघुवित्त कम्पनी, १ वठा अन्य र १ वटा ट्रेडिङ समूह रहेका छन् ।

समयमै वित्तीय विवरण पेस गर्नेमा १३९ वटा कम्पनी छन् भने ढिलो गरी पेस गर्नेमा ६४ वटा छन्। समयमै वित्तीय विवरण पेस गर्नेमा १९ वटा वाणिज्य बैंक, १२ वटा विकास बैंक, १३ वटा फाइनान्स कम्पनी, होटेल तथा पर्यटन समूहका ३ वटा कम्पनी, ४१ वटा जलविद्युत, लगानी समूहका ३ वटा, ६ जीवन बीमा कम्पनी, उत्पादन तथा प्रशोधन समूहका २ वटा कम्पनी, ३१ वटा लघुवित्त, ७ निर्जीवन बीमा कमपनी, अन्य तथा व्यापार समुहका १–१ वटा कम्पनी रहेकाे धितोपत्र बोर्डले सार्वजनिक गरेकाे तथ्यांकमा उल्लेख छ ।

यसैगरी ढिला गरी वित्तीय विवरण पेस गर्नेमा एउटा विकास बैंकसहित होटेल तथा पर्यटन समूहमा ३ वटा कम्पनी, जलविद्युत समूहका २८ वटा कम्पनी, जलविद्युत समूहका ३ वटा कम्पनी, २ वटा जीवन बीमा कम्पनी, उत्पादन तथा प्रशोधन समूहका ४ वटा कम्पनी, १८ वटा लघुवित्त, र ५  निर्जीवन बीमा कम्पनी ६४ वटा कम्पनी छन्।

प्रकाशित मिति : September 20, 2023 at 12:45 pm