२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

हाथवे इन्भेस्टमेन्टको आईपीओ बाँडफाँडः करिब साढे ११ लाखको हात खाली, यसरी हेर्नुहाेस् नतिजा

२ असाेज, काठमाडाैं । हाथवे इन्भेस्टमेन्ट नेपालकाे आईपीओ आज (असोज २ गते) बाँडफाँड सम्पन्न भएकाे छ । कम्पनीले भदौ २१ गतेदेखि भदौ २५ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेकाे आईपीओ आज धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आईएमईको कार्यालयमा बाँडफाँड भएकाे हाे ।

कम्पनीले  प्रतिकित्ता ५० रुपैयाँ अंकित मूल्यका २४ लाख २७ हजार ७ सय ५० कित्ता आईपीओ निष्काशन गरेको थियो। कम्पनीको आईपीओमा कुल १२ लाख ७० हजार ९९१ आवेदन परेको बिक्री प्रबन्धकले बताएको छ। सोमध्ये १२ लाख ६७ हजार ७०९ आवेदन स्वीकृत भएको छ भने ३ हजार २८२ आवेदन रद्द भएको छ।

मागभन्दा बढी आवेदन परेकै कारण कम्पनीकाे आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। गोलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी १ लाख २१ हजार ३८७ आवेदकले २० कित्ताका दरले सेयर पाएका छन्। तिनै भाग्यमानी आवेदकमध्ये थप १० जनाले १/१ कित्ताका दरले सेयर पाएका छन्। भने ११ लाख ४६ हजार ३२२ आवेदकको हात खाली भएको छ।

यो आईपीओ अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुनेछ। अन्तिम नतिजा प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको वेबसाइट https://globalimecapital.com/, सिडीएससीको मेरोशेयरको  वेबसाइट meroshare.cdsc.com.np/#/login, सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट  हेर्न सकिने छ ।

प्रकाशित मिति : September 19, 2023 at 10:04 am