१४ कार्तिक २०८१, बुधबार | Wed Oct 30 2024

बागमती प्रदेशकै दोस्रो उत्कृष्ट विद्यालय बन्यो नुवाकोटको पृथ्वी मावि

१ असोज, नुवाकोट । नुवाकोट जिल्लाको सदरमुकाम विदुरमा रहेको पृथ्वी मावि बागमती प्रदेशकै दोस्रो उत्कृष्ट विद्यालय बनेको छ । एसइइको अाैसत नतिजामा ३.३४७ जिपए प्राप्त गर्दै पृथ्वी प्रदेशकै दोस्रो उत्कृष्ट विद्यालय घोषित भएको हो । सामूदायिक विद्यालयहरू शिक्षक र व्यवस्थापन समितिको चरम द्धन्द्धले समस्याग्रस्त हुनेक्रममा बढी रहेको समयमा नुवाकोटको पृथ्वी माविले भने अाफूलाई नमुना घोषित गरेको छ ।

शिक्षा दिवसको अवसरमा मंगलबार पृथ्वी माविले सरकारका तर्फबाट सम्मान प्राप्त गर्दैछ । बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले बागमती प्रदेश भित्रका १३ जिल्लाका झण्डै दुई हजार सामूदायिक विद्यालयहरुको २०७९ को एसइई परीक्षाको नतिजालाई आधार मानेर मूल्यांकन गरेको हो । मूल्यांकनमा सामूदायिकतर्फ मेधा मावि तेखापुखु भक्तपुर प्रथम, पृथ्वी मावि नुवाकोट द्धितिय, श्रम राष्ट्रिय मावि कुमारीगाल काठमाडौं तृतीय, पृथ्वीनारायण मावि तारकेश्वर काठमाडौँ चौथो र बलम्बु मावि बलम्बु काठमाडौं पाँचौं भएका छन् । उत्कृष्ट पाँचमध्ये उपत्यका बाहिरको पृथ्वी मावि मात्र रहेको छ ।

विद्यालय प्रदेशकै उत्कृष्ट घोषित भएकोमा खुशी प्रकट गर्दै  विद्यालयका प्रधानाध्यापक बाबुराम लामिछानेले उपलब्धिलाई अब सिङ्गो नुवाकोटले आफ्नो पुँजी मानेर गर्व गनुपर्ने बताएका छन । प्रअ लामिछानेले आफ्नो समाजिक सञ्जाल फसेबुक मार्फत बधाई दिनेहरूले पनि नुवाकोट लाई बधाई दिनुपर्ने समेत बताएका छन् ।

लामिछानेले भनेका छन, ‘पृथ्वी मावि अब नुवाकोटको मात्रै उत्कृष्ट विद्यालय रहेन । २०७९ को एसइई परीक्षाको नतिजामा पृथ्वी मावि बागमती प्रदेशभरिको दोस्रो उत्कृष्ट विद्यालय प्रमाणित भएको छ । उक्त नतिजा अनुसार सामुदायिकतर्फ मेधा मावि तेखापुखु भक्तपुर प्रथम, पृथ्वी मावि विदुर नुवाकोट द्वितीय, श्रम राष्ट्रिय मावि कुमारीगाल काठमाडौं तृतीय, पृथ्वीनारायण मावि तारकेश्वर काठमाडौँ चौथा र बलम्बु मावि बलम्बु काठमाडौं पाँचौं भएका छन् । उत्कृष्ट पाँचमध्ये उपत्यका बाहिरको पृथ्वी मावि मात्र रहेको छ । यो उपलब्धिलाई अब सिङ्गो नुवाकोटले आफ्नो पुँजी मानेर गर्व गरौँ । बधाई दिनेहरूले पनि नुवाकोट लाई बधाई दिऊँ, मलाई हैन ।’

एसइई २०७९ को नतिाजमा पृथ्वी मावि जिल्लाकै प्रथम भएको थियो । उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमध्ये कृष्मा श्रेष्ठ र बन्दना पुडासैनीले ३.९५ जिपिए ल्याउन सफल भएका थिए । यस्तै अन्य विद्यार्थीहरुले पनि उत्कृष्ट नतिजा ल्याउन सफल भएका थिए । संस्थागत विद्यालयतर्फ रिलाइन इन्टरनेशलन एकेडेमी प्रथम, ह्वाइटकिड स्कुल बालुटार द्धितिय र प्लोरोसेन्ट स्कुल गोंगबु त्रितिय बनेका छन् ।

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार २१:१४