४२.१४ अंकले घट्यो सेयर बजार, २ अर्ब २ करोडको कारोबार
३१ भदौ, काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ४२.१४ अंकले घटेर १९६४.९१ बिन्दुमा बन्द भएकाे छ । आइतबार २७८ कम्पनीको ५६ लाख ५९ हजार ४५८ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब २ करोड ८४ लाख ६५ हजार रुपैयाँको कारोबार भएको छ ।
आज आज शुभम पावर लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यस दिन एनआईसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ । कम्पनीको २७ करोड ५४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हाे । आज मोलुङ हाइड्रोपावर लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् ।
प्रकाशित मिति : ३१ भाद्र २०८०, आईतवार १५:१२