७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

हिमालयन रिइन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने, धितोपत्र बोर्डसँग माग्यो अनुमति

३१ भदौ, काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले प्रिमियममा आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले १०० रुपैयाँ अंकित दरमा १०८ रुपैयाँ प्रिमियम थपेर २०८ रुपैयाँमा आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको छ । धितोपत्र बोर्डले अनुमति दिएमा कम्पनीले ३ करोड कित्ता आईपीओ ल्याउनेछ। कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आईतवार १३:४१