४ जेष्ठ २०८३, सोमबार | Mon May 18 2026

कतिमा भयो रिलायबल नेपाल लाइफको पहिलो कारोबार ?

३१ भदाै, काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्स) मा  रिलायबल नेपाल लाइफ इन्स्योरेन्सकाे पहिलो कारोबार भएको छ। आज भदाै ३१ गते आइतबार स्पेशल प्रि ओपन सेसनमा कम्पनीकाे पहिलो कारोबार भएको हाे ।

आज इन्स्योरेन्सको सेयर प्रतिकित्ता ४८६ रुपैयाँ ६० पैसामा पहिलो कारोबार भएको हो। इन्स्योरेन्सको सेयर गत बुधबार नेप्सेमा सूचीकृत भएको थियो। पहिलो कारोबारको लागि नेप्सेले इन्स्योरेन्सलाई १६२ रुपेयाँ २९ पैसादेखि ४८६ रुपैयाँ ८७ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो। सोही रेञ्जका आधारमा यस दिन इन्स्योरेन्सको पहिलो कारोबार भएको हो। कम्पनीको  RNLI सिम्बलबाट कारोबार सुरु भएको हो ।

प्रकाशित मिति : 11:04