२१ आश्विन २०८३, बुधबार | Thu Oct 8 2026

सिटिजन्स बैंकले घोषणा गर्याे लाभांश

३१ भदाै, काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेसनलले लाभांश घाेषणा गरेकाे छ । बैंकले आर्थिक वर्ष २०७९/८०का लागि लाभांश घाेषणा गरेकाे हाे ।

बैंक सञ्चालक समितिको आज बिहान बसेको बैठकले उक्त आर्थिक वर्षका लागि चुक्तापुँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजार ६ रुपैयाँको कुल ५.७९ प्रतिशतले हुन आउने ८२ करोड २१ लाख ६१ हजार ६५२.९६ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

प्रस्तावित नगद लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण गरिने बैंकले जनाएको छ।

प्रकाशित मिति : September 17, 2023 at 10:46 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/