७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

छुटाउनु भयाे की ? तीन कम्पनीको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

३१ भदाै, काठमाडाैं । विभिन्न तीन कम्पनीकाे हकप्रद सेयरमा आवेदन दिने आज भदौ ३१ गते अन्तिम दिन रहेको छ। अरुण काबेली पावर, सिनर्जी पावर डेभलपमेन्ट र मल्टीपर्पस फाइनान्सको हकप्रद सेयरका लागि आवेदन दिने आज अन्तिम दिन हाे ।

अरुण काबेली पावरले भदौ ११ गतेदेखि शतप्रतिशत हकप्रद सेयर निष्काशन गरेको थियो। कम्पनीले १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद सेयर निष्काशन गरेकाे हो।

हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले असार २५ गते बुकक्लोज गरेको थियो। यसकाे अर्थ असार २४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

त्यस्तै,  सिनर्जी पावरले भदौ ३ गतेदेखि ५० प्रतिशत हकप्रद सेयर निष्काशन गरेको थियो। सो हकप्रद शेयरमा आवेदन दिन भदौ ३१ गते अन्तिम दिन रहेको छ।

कम्पनीले ४० करोड ३२ लाख ८७ हजार ५०० रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद सेयर निष्काशन गरेको हो।

हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले साउन १२ गते बुकक्लोज गरेको थियो। यसकाे अर्थ साउन ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।

साथै,  मल्टीपर्पस फाइनान्स कम्पनीले गत भदौ १० गतेबाट आफ्ना सेयरधनीहरुलाई चुक्तापुँजी ४५ करोड २० लाख रुपैयाँको ३५ प्रतिशत अर्थात १ः०.३५ अनुपातमा हकप्रद सेयर जारी गरेको हो। जसअनुसार कम्पनीले १०० अंकित दरमा कुल १५ लाख ८२ हजार कित्ता हकप्रद सेयर बिक्री खुला गरेको छ।

हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी ६१ करोड २ लाख रुपैयाँ पुग्नेछ। हकप्रद सेयर निष्कासन प्रयोजनार्थ कम्पनीले गत साउन १२ गते बुक क्लोज गरिसकेको छ। यसको अर्थ गत साउन ११ गतेसम्म कायम सेयरधनीहरुले यो हकप्रद सेयरमा खरिद आवेदन दिन पाउनेछन्।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आईतवार ०९:२३