सिटिजन लाइफ इन्स्योरेन्सले कति पाउला ओपनिङ रेन्ज ?
२९ भदाै, काठमाडाैं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ बाँडफाँड भइसकेको छ। कम्पनीको आईपीओ ९ लाख आवेदकले १०/१० कित्ताका दरले प्राप्त गरेका छन्।
यतिबेला आईपीओ प्राप्त गर्ने सेयरधनीमा कम्पनीको आईपीओले कति ओपनिङ रेन्ज पाउला भन्ने कौतुहलताको विषय बनेको छ। कम्पनीकाे आईपीओले पहिलो कारोबारको लागि १७२.४३ रुपैयाँदेखि अधिकतममा ५१७.२९ रुपैयाँसम्म ओपनिङ रेन्ज पाउने देखिएको छ। नेप्सेले हरेक कम्पनीकाे पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज ताेक्ने गर्दछ । सिटिजन लाइफको इन्स्योरेन्सको आर्थिक वर्ष २०७८/७९को वास्तविक प्रतिसेयर नेटवर्थ १७२.४३ पैसा रहेको छ। साेही नेटवर्थकाे ३ गुणा ५१७.२९ रुपैयाँ हुन्छ ।
प्रकाशित मिति : September 15, 2023 at 10:16 am









