एमाले संसदीय दलद्वारा शोक प्रस्ताव पारित
२८ भदौ, काठमाडौँ । नेकपा (एमाले) संसदीय दलको आजको बैठकले पार्टीका उपाध्यक्ष, संविधानसभाका अध्यक्ष एवं प्रतिनिधिसभाका पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।
दलका नेता केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले मुलुकको लोकतान्त्रिक आन्दोलन र सविधान निर्माणमा नेम्वाङले निर्वाह गर्नुभएको भूमिका अविस्मरणीय रहेकोे ठहर गरेको छ । नेता नेम्वाङको यही भदौ २६ गते हृदयघातका कारण निधन भएको थियो ।
प्रकाशित मिति : २८ भाद्र २०८०, बिहीबार १८:२०