एभरेष्ट बैंकले घोषणा गर्यो आकर्षक लाभांस, सेयरधनीहरुलाई बोनस र नगद कति ?
२८ भदाै, काठमाडाैं । एभरेष्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हाे ।
बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र कर सहित १०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश सेयरधनीहरुलाई वितरण हुने छ ।
प्रकाशित मिति : २८ भाद्र २०८०, बिहीबार ०९:२२