हिमालयन ८०–२० को इकाई बाँडफाँड, यसरी हेर्नुहाेस् नतिजा
२७ भदाै, काठमाडौं । हिमालयन क्यापिटल लिमिटेडको ‘हिमालयन ८०–२०’ को इकाई बाँडफाँड भएको छ । साउन ३२ गतेदेखि भदौ १५ गतेसम्म बिक्री खुला गरेको म्युचुअल फण्ड भदौ २६ गतेका दिन बाँडफाँट गरिएको क्यापिटलले जनाएको छ ।
क्यापिटलले १ अर्ब रुपैयाँको प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य दरका १० करोड इकाई बिक्री खुला गरेको थियो । जसमध्ये १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाई कोष प्रवर्धक हिमालयन बैंक ८ करोड ५० लाख इकाई सर्वसाधरण लगानीकर्तालाई बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ ।
म्युचुअल फण्ड बाँडफाँट सम्पन्न भइसकेको हुँदा विभिन्न २ तरिकाबाट रिजल्ट हेर्न सकिनेछ । सिडिएसले सञ्चालन गरेको आईपीओ रिजल्ट https://iporesult.cdsc.com.np/ र क्यापिटलको वेवसाइट https://himalayancapital.com/ बाट नतिजा हेर्न सकिने छ । यो योजना १० वर्ष अवधिको बन्दमुखी प्रकृतिको रहेको छ ।
प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार १६:१५