६ भदौ २०८३, शनिबार | Sat Aug 22 2026

कुमारी बैंककाे १० लाख १८ हजार कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

२७ भदाै, काठमाडाैं । कुमारी बैंकले केही सेयर बिक्रीमा राखेकाे छ । बैंकले संस्थापक समूहको १० लाख १८ हजार ५०४ कित्ता सेयर बिक्रीमा राखेको हो। बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०१ रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले खरिद आवेदन दिँदा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

बिक्रीमा राखिएकाे उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीका साथै अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन पेस गर्न सक्नेछन्। लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि असोज १० गतेसम्म खरिद आवेदन दिन सक्नेछन् । लगानीकर्ताहरुले काठमाडाैंकाे कमलादीस्थित कुमारी बैंकको कार्यालयमा खरिद आवेदन पेस गर्नुपर्नेछ।

प्रकाशित मिति : September 13, 2023 at 10:52 am