संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वङको निधनमा शोक मनाउन बिहीबार सार्वजनिक बिदा
२६ भदौ, काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनको शोकमा सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ । आज गृह मन्त्रालयले सूचना प्रकाशित गरी बिहीबार बिदा हुने जनाएको हो । वर्तमान प्रतिनिधिसभासदस्यसमेत रहनु भएका नेम्वाङको ७१ वर्षको उमेरमा आज बिहान असामयिक निधन भएको थियो । त्यो दिन सरकारले नेपालभरका सबै सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगमा बिदा दिने र तत्तत् निकायका कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाउने भएको छ ।
प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलवार १९:३२