२२ आश्विन २०८३, बिहिबार | Thu Oct 8 2026

नेपाल र थाइल्यान्डबीच ४७ वर्षपछि नयाँ हवाई सम्झौतामा हस्ताक्षर

१६ कात्तिक, काठमाडाैँ । नेपाल र थाइल्यान्डबीच ४७ वर्षपछि नयाँ हवाई सम्झौतामा हस्ताक्षर भएको छ । सन् १९७१ को हवाई सम्झौता प्रतिस्थापन गर्दै नेपाल र थाइल्यान्डबीच ४७ वर्षपछि शुक्रबार नयाँ हवाई सम्झौता भएको हो ।

दुई देशका प्रतिनिधिबीच थाइल्यान्डमा भएको सम्झौतामा सातामा २८ वटासम्म दुवै देशले उडान गर्न पाउने उल्लेख गरिएको छ । उनका अनुसार सन् १९७१ को हवाई सम्झौतामा सातामा १० वटा मात्रै उडान गर्न पाउने उल्लेख थियो।

थाइल्यान्डमा रजिस्ट्रेसन भएर अन्तर्राष्ट्रिय उडान भरिरहेका विमान कम्पनीले नेपालका जुनसुकै अन्तर्राष्ट्रिय विमानस्थल (पछि निर्माण हुनेमा समेत) मा  उडान गर्न पाउनेछन् भने नेपालमा दर्ता भएका अन्तर्राष्ट्रिय उडान भर्ने कम्पनीले पनि थाइल्यान्डका जनुसुकै सहरमा उडान भर्न पाउने छन ।

प्रकाशित मिति : November 2, 2018 at 10:13 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/