११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

एडिलेड एनआरएनए नारी निकुञ्ज साउथ अष्ट्रेलियाको आयोजनामा तिज कार्यक्रम सम्पन्न भएको

कार्यक्रममा नेपाली खानाको परिकार सहितको दर खुवाउनुका साथै मौलिक गित संगितमा नाच गानगरिएको थियो नेपालीपाठशालाका विद्यार्थीहरु तथा अन्य कलाकारले नृत्य प्रस्तुत गरेका थिए

छोटो औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएनए अष्ट्रेलिया उपाध्यक्ष तथा साउथ अष्ट्रेलिया संयोजक संजय पुरीले उपस्थितिचेलीबेटीहरु धन्यवाद व्यक्त गर्दै तिज पर्वको शुभकामना दिएका थिए

यसै गरि एनआरएनए नारी निकुञ्ज अष्ट्रेलियाकी निवर्तमान संयोजक मञ्जु खड्काले समेत तिजको शुभकामना दिएकी थिईन नवनिर्वाचित नारी निकुञ्ज साउथ अष्ट्रेलियाको टिमलाई निवर्तमान संयोजक अनिता लम्सालले परिचय गराएकी थिईन्

कार्यक्रमको समापन पछि नारी निकुञ्जकी नव निर्वाचित संयोजक रिज्नू अधिकारीले कार्यक्रमका सौजन्य कर्ता, स्वयंसेवक एवंसहयोगीहरु प्रति आभार व्यक्त गर्दै अगामी दिनमा समेत समुदायबाट संस्थालाई दलियो साथ सहयोगको अपेक्षा गरेको बताईन

पुलाउ, मासु, तरकारी अचार सहितको दर खुवाईको थियो भने नेपाली गित संगितका तिजको खुशियाली साटासाट गरिएको थियो।

प्रकाशित मिति : September 12, 2023 at 7:45 am