१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

नेम्वाङको निधनपछि प्रधानमन्त्री प्रचण्डसहित एमाले अध्यक्ष केपी शर्मा ओली अस्पतालमा


२६ भदौ, काठमाडौँ । संविधानसभा अध्यक्ष समेत रहेका नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वङको निधन भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, नेकपा एमालेका अध्यक्ष केपी शर्मा अोली लगायतका नेता अस्पतालमा पुगेका छन ।

नेम्वाङको केहीबेर अघि त्रिवि शिक्षण अस्पतालमा निधन भएको हो । घरमै ह्दयघात भएपछि राति करिब १ बजे अस्पताल लगिएको थियो । तर चिकित्सकले नेम्वाङलाई मृत घोषित गरेका थिए । इलामबाट प्रतिनिधिसभामा विजयी नेम्वाङका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।

इमान्दार नेताहरूको सूचीमा अग्रपंक्तिमा पर्ने नेम्वाङ ढिलामात्रै प्रतिक्रिया जनाए पनि सही र गलत छुट्याउन सक्ने नेताको रूपमा समेत परिचित थिए । उनी नेपालको इतिहासमा सबैभन्दा लामो समय सभामुख हुने पहिलो व्यक्ति हुन ।

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलवार ०४:५३