राष्ट्रिय वाणिज्य बैंकले २५ लाख इकाई ऋणपत्र जारी गर्ने, बोर्डसँग माग्यो अनुमति
२५ भदाै, काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंकले ऋणपत्र निष्काशन गर्ने भएकाे छ । कम्पनीले ७ वर्ष अवधि भएको ‘१०.५ प्रतिशत आएबीबीएल डिबेन्चर २०८६’ नामक ऋणपत्र जारी गर्न लागेकाे हाे । वार्षिक १०.५ प्रतिशत ब्याजदर ताेकिएकाे २५ लाख इकाई ऋणपत्र जारी गर्न बैंकले नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।
बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरले ऋणपत्र बिक्री गर्न अनुमति मागेको हो । कुल २५ लाखमध्ये १० लाख इकाई ऋणपत्र सर्वसाधारणलाई जारी हुनेछ । बाँकी १५ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघ संस्थाहरुलाई बिक्री गर्नेछ । कम्पनीकाे ऋणपत्रकाे बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेकाे छ ।
प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार १७:०६