९ मंसिर २०८१, आईतवार | Sun Nov 24 2024

दशैंअघि नै सेयरधनीलाई लाभांश बाँड्दै एभरेष्ट बैंक

२५ भदाै, काठमाडाैं । अहिले लाभांशकाे सिजन सुरू भएकाे छ । सिजन सुरू भएसँगै धिताेपत्र दाेश्राे बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत कम्पनीहरूले धमाधम लाभांश घाेषणा पनि गरिरहेका छन् । यसै क्रममा एभरेष्ट बैंक लिमिटेडले दशैंअघि नै सेयरधनीलाई लाभांश बाँड्ने भएको छ । सेयरधनीले दशैंखर्च पाउन् भन्ने उद्देश्यले बैंकले लाभांश बाँड्ने तयारी गरेकाे हाे ।

गत वर्षको खुद मुनाफाबाट सबैभन्दा धेरै लाभांश वितरण गर्ने क्षमता रहेकाे यस बैंकले सेयरधनीलाई राम्रै लाभांश बाँड्ने देखिएको छ। गत आर्थिक वर्षको चाैथाे त्रैमाससम्मकाे वित्तीय विवरण नियाल्दा एभरेष्ट बैंकले वाणिज्य बैंकहरूमध्ये सबैभन्दा धेरै लाभांश बाँड्ने देखिन्छ । गत वर्षमा ३ अर्ब ३९ करोड खुद नाफा गरेपनि यस बैंककाे ४ अर्ब ३३ करोड रुपैयाँ वितरणयोग्य मुनाफा रहेको छ। बैंकले आफ्ना लगानीकर्तालाई साँढे ४० प्रतिशत  लाभांश बाँड्ने क्षमता राख्छ।

बैंकले आफ्नो क्षमता बराबरको लाभांश वितरणका लागि राष्ट्र बैंकसँग प्रारम्भिक सहमति समेत माग गरेको छ। बैंकले बोनस र नगद लाभांश मिलाएर नै प्रस्ताव गर्ने गर्दछ र यस वर्ष पनि सोही अनुपातमा नै लाभांश प्रस्ताव हुने सम्भावना छ । बैंकले विगतदेखि नै नगद लाभांशमा समेत जोड दिँदै आएको छ । त्यसैले, यसपटक पनि २० देखि २५ प्रतिशतको हाराहारीमा बैंकले लाभांश घोषणा गर्ने र त्यसमा नगद लाभांशको मात्रा पनि राम्रै हुनसक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार ११:४६