२६ जेष्ठ २०८३, मंगलबार | Wed Jun 10 2026

छुट्ला है ! १०० रुपैयाँमा नेसनल हाइड्रोपावरको सेयर किन्ने आज अन्तिम दिन

२४ भदाै, काठमाडाैं । नेसनल हाइड्रोपावर कम्पनीको लिलामी सेयर किन्ने आज भदौ २४ गते अन्तिम दिन रहेको छ। कम्पनीले गत भदाै १३ गतेदेखि सर्वसाधारण समूहको १३ लाख ३६ हजार ७४२.७१७८ कित्ता अवितरित हकप्रद सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखेको थियाे ।  यो सेयरमा आज बैंकिङ समयसम्म आवेदन दिन पाइन्छ।

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। यसको अर्थ बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। बिक्रीमा राखिएको उक्त सेयरमा सर्वसाधारण, इच्छुक जोकोही व्यक्ति, कम्पनी तथा संस्थाले खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्।

बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतम सेयर संख्याका लागि कुनै हद नलाग्ने कम्पनीले जनाएको छ।

बोलपत्र धितोपत्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको काठमाण्डौ नक्सालस्थित कार्यालय तथा मुक्तिनाथ विकास बैंकका शाखाहरु ठिमी, कुमारीपाटी, इटहरी, इलाम, पोखरा, बुटवल, विराटनगर, वीरगन्ज, नारायणगढ, सुर्खेत, नेपालगन्ज, धनगढी र जनकपुरमा पेस गर्न सकिनेछ।

प्रकाशित मिति : September 10, 2023 at 1:36 pm