२ बैशाख २०८३, बुधबार | Wed Apr 15 2026

हाथवे इन्भेस्टमेन्टको आईपीओमा अहिलेसम्म कति पर्यो आवेदन ? यस्ताे छ पछिल्लाे अपडेट

२४ भदाै, काठमाडाैं । हाथवे इन्भेस्टमेन्ट नेपालको आईपीओमा मागभन्दा धेरै बढी आवेदन परेकाे छ । कम्पनीले भदौ २१ गतेदेखि सर्वसाधारणका लागि निष्काशन गरेकाे आईपीओमा अहिलेसम्म पौने ९ गुणा बढी आवेदन परेकाे छ ।

सीडीएससीका अनुसार आज भदौ २४ गते बिहान १० बजेसम्म कम्पनीकाे आईपीओमा ८ लाख ८२ हजार ८ आवेदकबाट कुल २ करोड १२ लाख ४० हजार ७६० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा ८.७५ गुणाले बढी हो।

कम्पनीले जारी पुँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५० प्रतिशतले हुन आउने १४ करोड ६२ लाख ५० हजार रुपैयाँबराबरको आईपीओ ल्याउन अनुमति पाएको थियो। जसअनुसार कम्पनीले ५० रुपैयाँ अंकित दरका कुल २९ लाख २५ हजार कित्ता आईपीओ बिक्री खुला गरेको हो। कुल कित्तामध्ये २ प्रतिशतले हुन आउने ५८ हजार ५०० कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ भने ५ प्रतिशतले हुन आउने १ लाख ४६ हजार २५० कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको छ।

यसैगरी कम्पनीले कुल कित्ताको १० प्रतिशतले हुन आउने २ लाख ९२ हजार ५०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडफाँड गरिसकेको छ । बाँकी २४ लाख २७ हजार ७५० कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम २० कित्तादेखि अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्। कम्पनीकाे आईपीओमा छिटोमा भदौ २५ गते र ढिलोमा असोज ४ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीकाे आईपीओ बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त सी–आस्वा सेवा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत खरिद आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : 10:50