माण्डु हाइड्रोपावरको आईपीओ बाँडफाँडः ७ लाख बढीकाे हात खाली, यसरी हेर्नुहाेस् नतिजा
२४ भदाै, काठमाडाैं । माण्डु हाइड्रोपावर लिमिटेडको आईपीओ आज भदौ २४ गते आइतबार बाँडफाँड गरिएको छ। कम्पनीले भदौ १० गतेदेखि भदौ १३ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेकाे आईपीओ आज बाँडफाँड गरिएको हाे । कम्पनीकाे आईपीओ धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलकाे कार्यालयमा बिहान साढे ९ बजे बाँडफाँड गरिएको हाे ।
क्यापिटलका अनुसार कम्पनीकाे आईपीओमा कुल १० लाख १६ हजार ७ सय १४ जनाको आवेदन प्राप्त भएको थियो । जस मध्ये ८ लाख ७२ हजार ८ सय ३७ जना आवेदक मात्र सेयर पाउन योग्य भएको क्यापिटलले जनाएको छ । भने १ लाख ४३ हजार ८ सय ७७ जना आवेदक सेयर पाउन अयोग्य भएका छन् । कम्पनीकाे आईपीओमा मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। गोलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी १ लाख २० हजार ५३२ आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्। भने ७ लाख ५२ हजार ३०५ आवेदकको हात खाली भएको छ।
यो आईपीओको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुनेछ। अन्तिम नतिजा बिक्रि प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट https://www.prabhucapital.com/, सिडीएससीको मेरोशेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login, सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ ।
प्रकाशित मिति : 10:11









