१ पुष २०८२, मंगलवार | Tue Dec 16 2025

एडिलेडमा विपि जयन्तीको सन्दर्भमा रक्दान कार्यक्रम

एडिलेड नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक विश्वेश्वर प्रसाद कोइरालाको ११० जन्मजयन्तीको सन्दर्भमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको

जन सम्पर्क समिति साउथ अष्ट्रेलियाको आयोजनामा स्थानिय  लाइफब्लड मेरियन डोनर सेन्टरमा रक्तदान गरिएको थियो कार्यक्रममा २४ जना रक्तदाताहरुले रक्तदान गरेको समितिका  साउथ अष्ट्रेलिया सचिव तथा कार्यक्रम संयोजक भिम न्यौपानेले बताए रक्तदाताहरुलाई एनआरएनए ओशियानाका पुर्व सहसंयोजक नविन कडेल, एनआरएनए अष्ट्रेलियाका पुर्व सल्लाहकार तथा जनसम्पर्क समिति अष्ट्रेलियाका सदस्य प्रेम पाठक, जन सम्पर्क समिति अष्ट्रेलियाका सहमहामन्त्री अच्युत धमला, समितिकै साउथ अष्ट्रेलियाका पुर्व अध्यक्ष अर्जुन लम्सालले रक्तदाताहरुलाई प्रमाणपत्र वितरण गरेका थिए

समितिका साउथ अष्ट्रेलियाका पुर्व अध्यक्ष समेत रहेका प्रेम पाठकले आयोजकहरुलाई धन्यवाद दिदै सामाजिक कार्यहरुलाई निरन्तरता  दिन सके नेपाली समुदायमा दलहरुका प्रवासी संस्थाहरु प्रति गलत भाष्यलाई चिर्न सफल हुने बताएका थिए

प्रकाशित मिति : २३ भाद्र २०८०, शनिबार १७:४२