१ मंसिर २०८१, शनिबार | Sun Nov 17 2024

राष्ट्रपतिद्वारा स्वीटजरल्याण्डका लागि आवासीय राजदूतमा सुवेदी नियुक्त

२२ भदौ, काठमाडौं । स्वीटजरल्याण्डका लागि आवासीय राजदूतमा रामप्रसाद सुवेदी नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालकाे संविधानकाे धारा २२८ काे उपधारा (१) बमाेजिम मन्त्रिपरिषद्को सिफारिसमा सुवेदीलाई आवासीय राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयले जारी गरेकाे सूचनामा उल्लेख छ ।

साथै, सुवेदीलाई संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोग, जेनेभा, वल्ड ट्रेड अर्गनाइजेशन (डब्लूटीओ) र विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का लागि नेपालको स्थायी प्रतिनिधि पदमा समेत नियुक्त गरिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २२ भाद्र २०८०, शुक्रबार १७:०३