२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

चीनले आइफोन प्रतिबन्ध लगाउने भएपछि एप्पलले दुई दिनमै गुमायो दुई सय अर्ब डलर

२२ भदाै, काठमाडाैं । चीनले आइफोन प्रयोगमा प्रतिबन्ध लगाएको रिपोर्ट सार्वजनिक गरेसँगै एप्पलले दुई दिनमा २०० बिलियन अमेरिकी डलर गुमाएको छ। चीनले सरकारी एजेन्सी र कम्पनीहरुमा आइफोनको प्रयोगमा प्रतिबन्ध विस्तार गर्ने योजना बनाएपछि एप्पलको सेयर भाउमा गिरावट आएको हो ।

चीन सरकारले आफ्ना अधिकारीहरुलाई कार्यालयमा आइफोन ल्याउन वा कामको लागि प्रयोग नगर्न आदेश दिएको बताइएको छ । यद्दपि, चीन सरकारले हालसम्म आधिकारिकरुपमा प्रतिबन्ध बारे जानकारी गराएको छैन । बुधबार र बिहीबार दुई दिनमै एप्पलको सेयर भाउ ६.४ प्रतिशतले तल झरेको छ ।

एप्पलले चीनलाई आफ्नो सबैभन्दा ठूलो विदेशी बजार र विश्वव्यापी उत्पादनको आधार बनाएको छ । पछिल्लो समय चीनको अर्थव्यवस्थामा देखिएको संकुचनका कारण मागमा कमी आउने अनुमान भइरहँदा चिनियाँ सरकारले आइफोनमा प्रतिबन्द लगाएको हो । जसका कारण एप्पलको बजारमा प्रत्यक्ष असर पर्ने देखिन्छ ।

प्रकाशित मिति : २२ भाद्र २०८०, शुक्रबार १६:०८