२२ आश्विन २०८३, बिहिबार | Thu Oct 8 2026

प्रभु बैंकको १४ लाख १६ हजार कित्ता सेयर बिक्रीमा, क-कसले किन्न पाउछन् ?

२२ भदाै, काठमाडाैं । प्रभु बैंकले केही संस्थापक सेयर बिक्रीमा राखेकाे छ । बैंकले विभिन्न संस्थापक सेयरधनीकाे नाममा रहेकाे १४ लाख १६ हजार ७६३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो।

बिक्रीमा राखिएकाे उक्त सेयरमा हाललाई विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। साे सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ।

साथै, ताेकिएकाे समय अवधिभित्र साे सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुबाट कुनै पनि खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ।

प्रकाशित मिति : September 8, 2023 at 9:12 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/