१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

वडाध्यक्ष रिजालको निधनमा काठमाडौं महानगरमा भोलि शोक बिदा

२१ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले भोलि भदाै २२ गते शुक्रबार शोक बिदा दिएको छ । महानगरका प्रशासन विभागका प्रमुख दिपक अधिकारीका अनुसार वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनमा महानगरले महानगरमा शोक बिदा दिइएको हो ।  तसर्थ, भोलि महानगरपालिका र अन्तर्गतका कार्यालयहरु बन्द हुनेछन् ।

काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पतालमा उपचारका क्रममा रिजालको बिहीबार बिहान साढे ७ बजे भाइरल निमोनियाको संक्रमण निधन भएको थियो ।

प्रकाशित मिति : २१ भाद्र २०८०, बिहीबार १६:०९