नेप्सेमा २८.९२ अंकको गिरावट, १ अर्ब १५ करोडको कारोबार
२१ भदाै, काठमाडाैं । साताकाे अन्तिम काराेबारकाे दिन बिहीबार पनि सेयर बजारमा दाेहाेराे अंककाे गिरावट आएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज २८.९२ अकंले घटेर १९३२.४५ बिन्दुमा बन्द भएको छ । आज एक अर्ब १५ करोड ९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
शुभम् पावर लिमिटेडको सेयर मूल्यमा सकरात्मक सर्किट लाएको छ । आज बाराही हाइड्रोपावर, सिटिजन्स म्युचुअल फण्ड २ र अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । आज लिबर्टी इनर्जी कम्पनीको सर्वाधिक काराेबार भएकाे छ ।
प्रकाशित मिति : २१ भाद्र २०८०, बिहीबार १५:१५












