२३ बैशाख २०८१, आईतवार | Mon May 6 2024

‘अविरल जनसाहित्य यात्रा’मा अनिता लामाका १२ कविता प्रस्तुत


२० भदौ, काठमाडौँ । राष्ट्रिय जनसाहित्यिक सङ्घ नेपालको मासिक ‘अविरल जनसाहित्य यात्रा’ को ८२ औं शृङ्खलामा आज कवि अनिता लामाका एक दर्जन कविता प्रस्तुत गरिएको छ । बूढानीलकण्ठ नगरपालिकाका उपप्रमुख लामाका ‘आगोको फूल’, ‘पसिना’, ‘ओ अटकनारा’, ‘बेपत्ता ईश्वर’, ‘बिर्खबहादुर माझी’, ‘जुनुमाया’, ‘प्रसाद’, ‘कमरेड मेरो सन्ते कहाँ छ ?’, ‘पाठेघर’, ‘गुजारा’, ‘जीवनको रङ’ कविता प्रस्तुत गरिएको हो । उनलाई वाचनमा लक्ष्मी माली, आयुश्री घिमिरे, यशोदा अधिकारी, रोजिता बुद्धाचार्य र जयन्ती स्पन्दनले सघाए ।

कार्यक्रममा नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले प्रगतिशील साहित्यले जनता जगाउन र समृद्धिको यात्रामा वैचारिक योगदान दिन सक्नुपर्ने बताउँदै लामाका कवितामा त्यसको छनक मिलेको जनाए । राष्ट्रिय जनसांस्कृतिक महासङ्घका अध्यक्ष अध्यक्ष प्रेमनाथ अधिकारीले समाजका पछाडि पारिएका समुदायका आवाजलाई अनिताले कविता बुनेको बताए । समालोचक प्रा डा लेखप्रसाद निरौलाले कवि लामाका कवितामा कला र विचारको उचित संयोजन पाइएको टिप्पणी गरे ।

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार १८:४०