१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

उद्यमीलाई सहयोग गर्न सरकार तत्पर छ : मन्त्री रिजाल

२० भदौ, पाटन (ललितपुर) । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्यमीलाई हरसम्भव उत्प्रेरित गर्दै सहयोग गर्न सरकार तत्पर रहेको बताउनुभएको छ । साना तथा मझौला व्यवसायी महासङ्घ नेपालले महिलाको महान पर्व तीजको अवसर पारेर ललितपुरमा आयोजना गरेको ‘महिला उद्यमी मेला’को आज उद्घाटन गर्दै मन्त्री रिजालले उद्यमीहरूको मेहनतका कारण मुलुक समृद्धितर्फ जाने बताए । उनले उद्यमीलाई सहयोग गर्नु सरकारको पहिलो कर्तव्य भएको बताए । “नयाँ योजना र विचारका साथ मुलुकलाई समृद्धिको दिशामा लैजानुपर्छ भन्नेमा सरकार प्रतिबद्ध छ”, मन्त्री रिजालले भने, “उद्यमीहरूको मेहनतका कारण मुलुक समृद्धितर्फ जाने भएकाले सरकार उद्यमीलाई हरसम्भव सहयोग गर्न तत्पर छ ।”

कार्यक्रममा हस्तकला महसङ्घका पूर्वध्यक्ष तथा ललितकला प्रज्ञाप्रतिष्ठानका प्राज्ञ धर्मरत्न शाक्यले महिलाले उत्पादन गरेका हरेक उत्पादनलाई स्थानीय तथा विश्व बजारमा पुर्‍याउने गरी नीति निर्माण गर्न सरकारलाई आग्रह गरेका छन् । महासङ्घले आजदेखि आयोजना गरेको मेला पाँच दिनसम्म सञ्चालन हुने मेला आयोजक समितिकी संयोजक यशोदा दहालले जानकारी दिए । मेलामा सातदोबाटोस्थित उद्यमी घरका पाँच स्टलसमेत रहेको घरका सञ्चालक दीपक कार्कीले जानकारी दिए ।

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार १५:१६