२८ जेष्ठ २०८३, बिहिबार | Fri Jun 12 2026

सीता ग्यास लिक हुँदा जलेर घाइते भएका नुवाकोटका राजकुमार लोप्चनको निधन

१९ भदौ, नुवाकोट। सीता ग्यास लिक भएर जलेका नुवाकोटका एक युवाको सोमबार उपचारको क्रममा कीर्तिपुरमा निधन भएको छ । कीर्तिपुरको वर्न अस्पतालमा शनिबार भर्ना भएका नुवाकोट बेलकोगढी ११ का युवा राजकुमार लोप्चनको सोमबार बिहान उपचारकै क्रममा अस्पतालमा निधन भएको वडा अध्यक्ष प्रकाशजंग पाण्डेले दैनिकीलाई जानकारी दिए । भदौ १६ गते हस्तकला सीसा उद्योगमा काम गर्ने क्रममा ग्यास लिक भएर आगलागी हुँदा राजकुमार घाइते भएका थिए ।

काठमाडौँको तारकेश्वर नगरपालिकाको वडा नम्बर ८ नयाँपुल नजिकै मधुसुदन पाण्डेले सञ्चालन गरेको हस्कला सीसा उद्योगमा काम गर्ने क्रममा सीताश्री कम्पनीको ग्यास सिलिण्डरको पाइपबाट ग्यास लिक भएर आगलागी भएको थियो । आगलागीमा परी गम्भीर घाइते भएका लोप्चनलाई शनिबार नै कीर्तिपुरस्थित अस्पतालमा पुर्याइएको थियो । शरिरको करिब ७२ प्रतिशत भाग आगोले जलेका राजकुमारको सोमबार चिकित्सकले निधन भएको जानकारी दिएका थिए । राजकुमारको श्रीमति, एक छोरा र एक छोरी रहेका छन ।

प्रकाशित मिति : September 5, 2023 at 8:13 pm