एक दिन पनि टिकेन सेयर बजारमा हरीयाली, नेप्से परिसूचकसँगै घट्यो कारोबार रकम
१९ भदाै, काठमाडाैं । साताकाे तेस्राे काराेबारकाे दिन मंगलबार सेयर बजारमा झिनाे अंककाे गिरावट आएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ६.४५ अकंले घटेर १९.६१ बिन्दुमा बन्द भएको छ । मंगलबार २४ लाख ८० हजार ९२९ कित्ता सेयर किनबेच हुदाँ ७९ करोड ६८ लाख ७० हजार रुपैयाँको कारोबार भएको छ ।
आज दुई कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड र नेरुडे लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । आज आरबीबी म्युचुअल फण्ड–२ का लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस दिन हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको प्रोमोटर सेयरको सर्वाधिक काराेबार भएकाे छ ।
प्रकाशित मिति : १९ भाद्र २०८०, मंगलवार १५:२१












