२० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026

चितवन समाज साउथ अष्ट्रेलियाको साधारण सभा हुदै

एडिलेड । चितवन समाज साउथ अष्ट्रेलियाको प्रथम साधारण सभा सेप्टेम्वर २३ शनिवार हुने भएको छ ।

हालै बसेको समाजको तदर्थ समितिको बैठकले साधारण सभाका लागि आगामी २० सेप्टेम्वर मध्य राती समय सदस्यता आवेदन गर्नेसमय तोकेको छ । वैठक पछि समाजका अध्यक्ष खगेन्द्र सापकोटाले एक बक्तव्य जारी गर्दै चितवनबाट साउथ अष्ट्रेलिया आएरबसोबास तथा अध्ययन गरिरहेका सम्पूर्णलाई साधारण सभामा सहभागी हुन अनुरोध गरेका छन् ।  उनले प्रवासमा रहेर जिल्ला र यहारहेका जिल्लावासीको हितमा क्रियाशिल हुन अनुरोध समेत गरेका छन् ।

सञ्चार संयोजक कृष्ण भट्टराईले सभाको स्थान र समय आगामी  बैठकबाट तोक्ने बताए ।

साउथ अष्ट्रेलियामा गत मार्चमा चितवन स्थायी घर भई यहा रहदै आएकाहरुका भेलाले सापकोटाको अध्यक्षताका तदर्थ समिति गठनगरेको थियो ।

प्रकाशित मिति : September 5, 2023 at 3:07 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/