७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

नेकपा एसका उपमहासचिव जगन्नाथ खतिवडालाई मातृशोक

१८ भदौ, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडालाई मातृशोक परेको छ ।

उनकी ममतामयी आमा मालती खतिवडाको ८० वर्षको उमेरमा आज बिहान त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा निधन भएको सो पार्टीका उपाध्यक्ष प्रमेश हमालले जानकारी दिए । मालतीका एक छोरा र तीन छोरी छन् । उनको आजै दिउँसो १२ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जानकारी दिइएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०८०, मंगलवार १२:०७