२ बैशाख २०८३, बुधबार | Wed Apr 15 2026

छुटाउनुभयो कि ? सिटिजन लाइफको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

१९ भदाै, काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सकाे आईपीओमा आवेदन दिने आज भदौ १९ गते अन्तिम दिन रहेको छ। कम्पनीले भदौ १५ गतेदेखि प्रिमियममा सर्वसाधारणलाई निष्काशन गरेको आईपीओमा आजसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी कुल २४४ रुपैयाँमा सेयर निष्काशन गरेको हो।कम्पनीले आफ्नो जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड १२ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये ५ प्रतिशतले हुन आउने ५ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ५ लाख ६२ हजार ५०० कित्ता प्रतिशेयर १०० रुपैयाँमा इन्स्योरेन्सका कर्मचारीहरुका लागि निष्काशन गरिसकेको छ।

त्यस्तै, बाँकी १ अर्ब ६ करोड ८७ लाख ५० हजार रुपैयाँ बराबरको १ करोड ६ लाख ८७ हजार ५०० कित्ता सेयरको १० प्रतिशत अर्थात ११ लाख २५ हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि र ५ लाख ६२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि निष्काशन गरि बाँडफाँड गरिसकेको छ।

बाँकी रहेको ९० लाख कित्ता शेयर सर्वसाधारण लगानीकर्तालेका लागि निष्काशन गर्न लागेको हो। उक्त  आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ताका लागि र अधिकतममा १५ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीकाे आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट उपलब्ध गराएको ‘मेरो शेयर’ सफ्टवेयरबाट आवेदन दिन सक्नेछन्।

सिडिएससीका अनुसार यो कम्पनीको आइपीओमा सोमबारसम्म ११ लाख ७ हजार ४८ आवेदकले १ करोड २४ लाख ५० हजार १२० कित्ता माग सेयर माग गर्दै आवेदन दिएका छन् । याे मागभन्दा १.३८ गुणा बढी हाे ।

प्रकाशित मिति : 10:07